वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक | Khabarhub Khabarhub

वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ- वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात भइरहेको समयमा पदमार्ग जाँदा जोखिम बढ्न सक्ने भन्दै स्वेच्छाले र केही एक्यापको आग्रहमा फर्किएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार याकखर्क, मनाङ, पिसाङ, चामे लगायतका ठाउँमा रहेकाहरू फर्किएका छन् ।

एक्यापका अनुसार शुक्रबार २० जनाले जानकारी गराएर जिल्ला छाडेका छन् । शनिबार १५ जना फर्किएका छन् । मौसमले साथ नदिएकाले माथिल्लो क्षेत्र जान जोखिम हुने भन्दै पर्यटकलाई एक्यापले सचेत गराएको छ । कति एक्यापको अनुरोधलाई नमानी आफू खुसी पनि माथिल्लो क्षेत्र पुगेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पर्यटकीय सिजनको समय पर्यटक आउने र यो समय जोखिम भएकाले सचेत रहन अनुरोध गरिएको छ ।

हिउँ र बर्सातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको छ । वर्षा भइरहेकाले नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपनाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मौसम प्रभावित भएपछि पदमार्ग आएका पर्यटक फर्किएका छन् । शुक्रबार १०० जना जति र शनिबार १५० जना जति फर्किएको बताए । कतिपय ठाउँमा पहिरो गएर बाटो बिग्रेको र कति ठाउँमा जोखिम भएकाले पर्यटक फर्किएका हुन् ।

याकखर्क, मनाङ, पिसाङ, चामे, दानाक्यूबाट पनि पर्यटक फर्किएका छन् । केही पैदल हिँडेर फर्किएका छन् । केही हेलिकप्टरमार्फत फर्किएको बताए । जोखिमको बाबजुद पनि पदमार्गमा पर्यटक आइरहेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ३६ बजे

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक

भारतीय मिडियालाई जंगीअड्डाबाट हटाए जेनजीले

काठमाडौं– भारतीय मिडियालाई जङ्गीअड्डा बाहिरबाट जेनजी आन्दोलनकर्ताले लाइभ गर्न दिएका छैनन्

सुहाङले भने- १९ जनाको हत्या र जेन–जीका नाममा भएको विध्वंशको न्यायिक छानबिन हुनुपर्छ

इलाम– इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद

सामाजिक सद्भाव बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्छ : मुख्यमन्त्री

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एकता र सद्भाव

जंगीअड्डामा वार्ता चल्दै गर्दा गेटमा जेनजीको आक्रोश : हामीलाई पनि भित्र जान दिइयोस्

काठमाडौँ- जंगीअड्डा भद्रकाली पुगेका केही जेन-जी युवाहरूले आफूलाई पनि वार्तामा