वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक « Khabarhub

वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ- वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात भइरहेको समयमा पदमार्ग जाँदा जोखिम बढ्न सक्ने भन्दै स्वेच्छाले र केही एक्यापको आग्रहमा फर्किएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार याकखर्क, मनाङ, पिसाङ, चामे लगायतका ठाउँमा रहेकाहरू फर्किएका छन् ।

एक्यापका अनुसार शुक्रबार २० जनाले जानकारी गराएर जिल्ला छाडेका छन् । शनिबार १५ जना फर्किएका छन् । मौसमले साथ नदिएकाले माथिल्लो क्षेत्र जान जोखिम हुने भन्दै पर्यटकलाई एक्यापले सचेत गराएको छ । कति एक्यापको अनुरोधलाई नमानी आफू खुसी पनि माथिल्लो क्षेत्र पुगेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पर्यटकीय सिजनको समय पर्यटक आउने र यो समय जोखिम भएकाले सचेत रहन अनुरोध गरिएको छ ।

हिउँ र बर्सातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको छ । वर्षा भइरहेकाले नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपनाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मौसम प्रभावित भएपछि पदमार्ग आएका पर्यटक फर्किएका छन् । शुक्रबार १०० जना जति र शनिबार १५० जना जति फर्किएको बताए । कतिपय ठाउँमा पहिरो गएर बाटो बिग्रेको र कति ठाउँमा जोखिम भएकाले पर्यटक फर्किएका हुन् ।

याकखर्क, मनाङ, पिसाङ, चामे, दानाक्यूबाट पनि पर्यटक फर्किएका छन् । केही पैदल हिँडेर फर्किएका छन् । केही हेलिकप्टरमार्फत फर्किएको बताए । जोखिमको बाबजुद पनि पदमार्गमा पर्यटक आइरहेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ३६ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण