वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित « Khabarhub

वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खजुरा- बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ । वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन् ।

भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगन्जको न्यूरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायत स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबान सुरु भएपछि आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ४२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने