उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुन भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्दै आए पनि राष्ट्रपति विद्यादेवी भण्डारी बिरामी भएर अस्पताल भर्ना भएपछि उनको अनुपस्थितिमा उपराष्ट्रपति पुन आज नवदुर्गा भवानीको मन्दिरमा सरिक भएका हुन् ।

उपराष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारीले नवदुर्गा भवानीको मन्दिरमा स्वागत गर्दै सङ्कल्प पूजा गरी नवदुर्गाको पूजा एवं टीका, प्रसाद प्रदान गरे । त्यस क्रममा उपराष्ट्रपतिले नवदुर्गा देवगणका मूर्तिहरू अवलोकन गरी दर्शन गरेका थिए। उपराष्ट्रपति पुनलाई नवदुर्गा देवगणका मूल पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।

त्यस क्रममा नवदुर्गा जात्रा व्यवस्थापन समितिका निवर्तमान सचिव एवं नवदुर्गा पूजा व्यवस्थापक रत्नमान वनमालाले उपराष्ट्रपति पुनलाई देवगणको समस्या र नवदुर्गाको मुकुट एवं मुखुण्डो निर्माणमा आएको समस्याका बारेमा अवगत गराएका थिए ।

राष्ट्रपति  नवदुर्गा मन्दिर आउँदा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र श्रेष्ठ, दीलिप प्रजापतिलगायत सुरक्षा निकायका प्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले स्वागत गरेका थिए। उपराष्ट्रपति पुनलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको फूल तथा प्रसाद प्रदान गरे।

उपराष्ट्रपति पुनले नवदुर्गाका पुजारी, नाइके र देवगणहरूलाई जनही रु ५०५ का दरले दक्षिणा दिएका थिए। उनलाई जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले ढलौटको गणेशको आकर्षक मूर्ति र प्रजिअ शर्माले पानस उपहार प्रदान गरेका थिए । अपराह्न ४ बजे मन्दिर आइपुगेका उपराष्ट्रपति १५ मिनेटको पूजा एवं प्रसाद ग्रहणपश्चात् मन्दिरबाट बाहिरिएका थिए।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ४४ बजे

‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर

हिरासतमा रहेका रविको तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहौलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित