भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते « Khabarhub

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, पाँच घाइते


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् ।

भूकम्पमा परेर स्थानीय ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटले जानकारी दिए।

भूकम्पमा परेर अन्य पाँच जना घाइते भएका छन् । उक्त गाउँका आठ वटा घर भूकम्पले पूर्ण रुपमा भत्काएको छ ।

बुधबार बिहानको राति २ बजेर १२ मिनेटमा डोटी केन्द्र भएर ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

मंगलबार राति ९ बजेर सात मिनेटमा डोटी नै केन्द्र भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबारे अन्य विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : १२ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना