लेवान्डोस्की र पिकेलाई रातो कार्ड, बार्सिलोनालाई ५ अंकको अग्रता « Khabarhub

लेवान्डोस्की र पिकेलाई रातो कार्ड, बार्सिलोनालाई ५ अंकको अग्रता


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक शुन्यले पछि परेको स्थितिमा पुनरागमन जितसहित बार्सिलोनाले स्पेनिस ला लिगामा पाँच अंकको अग्रता बनाएको छ।

मंगलबार राति ओसासुनाको मैदानमा प्राप्त २–१ को जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग पाँच अंकको अग्रता लिएको हो।

बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले एक-एक गोल गरे। दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। यस अघि खेलको छैटौं मिनेटमा घरेलु टोलीका डेविड गार्सियाले अग्रता लिएका थिए।

खेलको ३१औं मिनेटमा स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीले रातो कार्ड सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। खेल अघि अघिल्लो हप्ता संन्यास लिएका जेरार्ड पिकेले समेत रातो कार्डको सामना गर्नु परेको थियो।

जितसँगै शीर्षस्थानको बार्सिलोनाले १४ खेलबाट ३७ अंक जोडेको छ। रियलले १३ खेलबाट ३२ अंक छ। ओसासुना १४ खेलबाट २३ अंक सहित छैटौं स्थानमा छ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ५८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले