नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध « Khabarhub

नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर – आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

“जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न-नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो”, प्रजिअ सुमन घिमिरेले भने, “निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्तिसुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रीवितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।”

निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : २७ बजे

छाया कम्प्लेक्स भत्काउन मागसहित काठमाडौंमा प्रदर्शन

काठमाडौं– काठमाडौंको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का

होल्डिङ सेन्टरबाट सुकुम्वासीको गुनासो- सरकारले समान समेत निकाल्न दिएन

काठमाडौं– सरकारले खोला किनारका सुकुम्वासी बस्ती हटाएपछि सयौँ परिवार अहिले

म्याग्दीबाट इजाजत नभएका बन्दुक बरामद

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जंगलबाट इजाजत नभएका छ थान

सैन्य तनावको एक वर्षपछि पाकिस्तानलाई मोदीको चेतावनी : आतंकवादविरुद्ध भारत अझै कठोर

नयाँदिल्ली– भारत र पाकिस्तानबीच गत वर्ष भएको भीषण सैन्य तनावको