सवारी दुर्घटनामा छ जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा छ जनाको मृत्यु


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्युठानको प्यूठान नगरपालिका–५ पूर्णगाउँस्थित सडकमा लु.१ ज ३७०७ नम्बरको फोर्स गाडी गएराति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडीमा सवार प्युठान नगरपालिका–५ पूर्णगाउँ बस्ने ५० वर्षीया मैमा घर्तिसहित ३ जना छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य १२ जनाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ । 

गाडीका सहचालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ र ४ को सिमास्थित रानी रतवारामरैको बिचमा बिआर ३० एएफ २०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी गाउँपालिका–६ बस्ने २२ वर्षीय शंकर पासवान छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको राप्ती नगरपालिका–४ लक्ष्मी नारायण चोकमा ना.२ ख ८५२१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष छन् । उनको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका–२ ढार्डस्थित सडकमा को.७ प ८२०७ नम्बरको मोटरसाइकललाई प्रदेश १-०२-०४२प १९३७ नम्बरको मोटरसाइकले मंगलबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश १–०२–०४२प १९३७ नम्बरको मोटरसाइकल चालक सुनसरी दुहवी नगरपालिका–१० बस्ने ३८ वर्षीय रिकेशराज ढकाल छन् ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका रिकेशराजको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचौकमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार को.७ प ८२०७ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ०५ बजे

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन

कृषिमन्त्रीको राजीनामा माग्दै प्रभुले भने : किसानलाई मल दिन नसक्नेलाई कुर्सीमा बस्ने अधिकार छैन

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता