धानको न्यूनतम समर्थन मूल्य निर्धारण  « Khabarhub

धानको न्यूनतम समर्थन मूल्य निर्धारण 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८-०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल दुई सय १५ र मध्यम धानमा प्रतिक्विन्टल दुई सय २६ ले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल दुई हजार सात सय ५२ र मध्यम धानका लागि दुई हजार नौ सय दुई तोकेको थियो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ । चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि ३३ करोड विनियोजन गरेको छ । यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागू हुनेछैन । 

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल एक सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ । गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : ०० बजे

मध्यपूर्व संकटको प्रभावबीच सेबुमा आसियान बैठक

एजेन्सी– दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको

सुन्धारा जेलबाट भागेका कैदी आठ महिनापछि काभ्रेबाट समातिए

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र

साउदी अरेबियाले एयर स्पेस नदिँदा एक दिनमै तुहियो ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’

वाशिङ्टन- साउदी अरेबियाले एयर स्पेस नदिएपछि स्ट्रेट अफ हर्मुजमा अमेरिकी

ट्रम्प भन्छन् : सहमति हुन लाग्यो, इरानको जवाफ : अतिरञ्जित कुरा फैल्याइयो

वाशिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध रोक्ने तथा

इरानको अडान : परमाणु कार्यक्रमबारे कसैसँग कुनै वार्ता हुँदैन

तेहरान- इरानले परमाणु कार्यक्रमबारे कुनै वार्ता नगर्ने बताएको छ। इरानको