प्रतिगमनलाई परास्त गर्न गठबन्धन : प्रचण्ड « Khabarhub

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : प्रचण्ड


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दार्चुला– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउन नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् । दार्चुलाको गोकुलेश्वरमा बुधबार आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गरे । 

अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधीलाई परास्त गर्न कांग्रेसलगायत परिवर्तन पक्षधर पार्टीहरूसँग गठबन्धन गरेको उनको भनाइ थियो । ‘अहिले मुलुकमा दुई खाले गठबन्धन छ,’ प्रचण्डले भने, ‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ ।’

अर्को गठबन्धन केपी ओली नेतृत्वमा बनेको र त्यसले ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई उल्टाउन, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन खोजेको आरोप उनले लगाए । ४ मंसिरमा यी दुई गठबन्धनबीच ठूलो रणसंग्राम हुने भन्दै प्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गरे ।

सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि सम्बोधन गरेका थिए । वाम लोकतान्त्रिक गठबन्धनले बुधबार नै डडेल्धुरा र कैलालीमा पनि चुनावी सभा आयोजना गरेको छ । दुवै सभालाई प्रधानमन्त्री देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।  

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : २५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा