जनता समाजवादी पार्टीका उम्मेदवार मादेनद्वारा उम्मेदवारी निस्क्रिय  « Khabarhub

जनता समाजवादी पार्टीका उम्मेदवार मादेनद्वारा उम्मेदवारी निस्क्रिय 


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– जनता समाजवादी पार्टी नेपालका सूर्यबहादुर लिम्बु (सुर्य मादेन) ले आफ्नो उम्मेदवारी निस्क्रिय गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्कृय गरेको सार्वजानिक गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुम प्रदेशसभा (क)मा उम्मेदवारी दिएका मादनेले लोकतान्त्रीक बाम गठबन्धनका प्रदेशसभा (क) का साझा उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेको बताए । जनताको संघीय लोकतान्त्रीक संविधानलाई रक्षा गर्नका साथै निश्चित मूल्य मान्यता र मापदण्डको आधारमा बनेको गठबन्धनलाई समर्थन गर्न उम्मेदवारी निस्क्रिय गरेको विज्ञप्तिमा जनाइएको छ ।

 विज्ञप्ति सार्वजानिक सँगै उनले समर्थन गरेका सुब्बा सँगै हात मिलाएर अभियानमा साथ दिएका छन् । एक स्वतन्त्र सहित ९ जनाको प्रदेशसभामा उम्मेदवारी रहेको तेह्रथुमको प्रदेशसभा (क) मा मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय  गरेपछि ८ जना चुनावी मैदानमा  छन् । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ५३ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि