तेह्रथुम– जनता समाजवादी पार्टी नेपालका सूर्यबहादुर लिम्बु (सुर्य मादेन) ले आफ्नो उम्मेदवारी निस्क्रिय गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्कृय गरेको सार्वजानिक गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुम प्रदेशसभा (क)मा उम्मेदवारी दिएका मादनेले लोकतान्त्रीक बाम गठबन्धनका प्रदेशसभा (क) का साझा उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेको बताए । जनताको संघीय लोकतान्त्रीक संविधानलाई रक्षा गर्नका साथै निश्चित मूल्य मान्यता र मापदण्डको आधारमा बनेको गठबन्धनलाई समर्थन गर्न उम्मेदवारी निस्क्रिय गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति सार्वजानिक सँगै उनले समर्थन गरेका सुब्बा सँगै हात मिलाएर अभियानमा साथ दिएका छन् । एक स्वतन्त्र सहित ९ जनाको प्रदेशसभामा उम्मेदवारी रहेको तेह्रथुमको प्रदेशसभा (क) मा मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय गरेपछि ८ जना चुनावी मैदानमा छन् ।
प्रतिक्रिया