राजनीतिक उपलब्धि र संविधान रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

राजनीतिक उपलब्धि र संविधान रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको सङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिका साथै संविधानको रक्षाका लागि जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिद्वारा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिबीचको गठबन्धन ऐतिहासिक भएको बताउँदै निर्वाचनपछि सरकार निर्माणमा पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिइने बताए ।

आसन्न चुनावमा जनसहभागिता बढाउन सञ्चार क्षेत्रको निष्पक्षतामा उनले जोड दिए । मन्त्री श्रेष्ठले अद्यावधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै त्यसका लागि यथार्थपरक सूचनाले जनसहभागिता वृद्धि गर्ने बताए ।

समितिका अध्यक्ष श्रीजन झाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई सत्यतथ्य र निष्पक्ष सूचना प्रवाह गर्नुपर्नेमा जोड दिँदै जनताले प्रकट गरेको जनमतबारे यथार्थ तथा तथ्यपूर्ण सूचना उपलब्ध गराउन आफ्नो संस्थाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

समितिका उपाध्यक्ष रोजिना थापा र महासचिव टेकबहादुर रोकाले निर्वाचनलाई भयरहित र पारदर्शी बनाउन सञ्चार क्षेत्रको निष्पक्ष भूमिकाको खाँचो औँल्याए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : २६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय