कांग्रेसका नेता जोशीद्वारा डोटी भूकम्प पीडितलाई ५० हजार राहत दिने घोषणा « Khabarhub

कांग्रेसका नेता जोशीद्वारा डोटी भूकम्प पीडितलाई ५० हजार राहत दिने घोषणा


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजसेवी एवम् नेपाली कांग्रेसका नेता पदमराज जोशीले गएराति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् ।

डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

उनले भने, “मृतकका परिवारलाई परेको शोकबाट म पनि मर्माहत भएकाले पीडित परिवारजनलाई राहत दिने घोषणा गरेको हुँ ।” भूकम्पको धक्का आफ्नो क्षेत्रमा महसुस भए पनि मानवीय क्षति नभएको र कतिपय घरमा चिरा परेको उनले बताए ।

पूर्वीचौकी गाउँपालिकामा भूकम्पका कारण भत्किएका घरमा च्यापिएर पाँच जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । सो क्षेत्रमा दर्जनजति घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । जिल्लाका धेरै परिवारको घरमा चिरा परेको छ । नेपाली सेना प्रहरी उद्धारमा खटिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : ३७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको