राइनास नगरपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने | Khabarhub Khabarhub

राइनास नगरपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिकाले चालु आर्थिक वर्षदेखि नयाँ सडक ट्र्याक नखोल्ने जनाएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्र्याक खोल्ने कार्यक्रम नरहेको जनाएको हो।

नगरपालिका अन्तर्गतका प्रायः गाउँ बस्तीमा सडक ट्र्याक पुगिसकेको भन्दै नयाँ ट्र्याक खोल्ने कार्यक्रम नरहेको नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले जानकारी दिए।

यसअघि खोलिएका सडक जीर्ण अवस्थामा रहेकोले ती सडकमा बाह्रै महिना यातायात सुचारु हुने गरी स्तरोन्नति गर्ने नगर प्रमुख गुरुङको भनाइ छ।

जीर्ण सडक मर्मतमा बर्सेनि लाखौँ खर्च गरे पनि प्रत्येक वर्षाको समयमा पुनः सडक भत्किने हुँदा त्यस्ता सडकलाई व्यवस्थित गर्ने तर नयाँ सडक खोल्ने विषयलाई प्राथमिकतामा नराखिएको गुरुङले बताए।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका