माया खोला हाइड्रोपावरको आईपीओ खुला « Khabarhub

माया खोला हाइड्रोपावरको आईपीओ खुला


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ। त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ६० प्रतिशत अर्थात छ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं. ३, ४ र ५ तथा मादी नपा वडा नं. ४ र ६ का बासिन्दाका लागि छुट्याएको छ। त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक सङ्खुवासभाको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि ४० प्रतिशतले हुने चार लाख कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

निष्कासित शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे पुस २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सक्ने छन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ८ गतेसम्म अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

आवेदन अनलाइनबाट दिन सकिने

कम्पनीले निष्कासन गरेको शेयरमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले अनलाइनबाट समेत आवेदन दिन सक्ने छन्। स्थानीय बासिन्दाले कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको वेब पोर्टलमार्फत शेयरमा आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। स्थानीयले प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक तथा हिमालयन बैंकले तोकेका शाखा कार्यालय र आयोजना निर्माण कम्पनीको कार्यालयबाट आवेदन दिन सक्ने छन्।

त्यस्तै वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो शेयर’बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी आईआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ०३ बजे

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको

विश्वकपका निम्ति उरुग्वेको टोली घोषणा

काठमाडौं । फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा भएको छ

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक,