खानेपानीको विद्युत् महसुल घटाइनेछ : मन्त्री चौधरी « Khabarhub

खानेपानीको विद्युत् महसुल घटाइनेछ : मन्त्री चौधरी


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानीमा प्रयोग हुने विद्युत्को महसुल घटाइने बताएका छन् । उनले उज्यालो नेपालको सातौँ वार्षिक साधारणसभालाई आज काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै उनले मन्त्रालयले खानेपानीको विद्युत् महसुल घटाउन प्रयासरत रहेको जानकारी दिए ।  

‘खानेपानीको विद्युत् महसुल सकभर निःशुल्क, नसके अहिलेको भन्दा घटाइन्छ’, मन्त्री चौधरीले भने, ‘सिँचाइको भन्दा कम विद्युत् महसुलका लागि प्रयासरत छु ।’ उनले निकै क्षेत्रबाट खानेपानीमा विद्युत् महसुल घटाउन मन्त्रालयमा प्रस्ताव आइरहेको बताए । 

मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल र पहाडका पानीका मुहान सुक्दै गएको र तराईमा पानीको सहत घट्दै गएकाले खानेपानीको व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको दुःखेसो पोखे। ‘यसकारण मैले हिमाल र पहाडमा मूल फुटाउ अभियान सुरु गरेको हुँ, पोखरी खनेर वा मूल फुटाउने उपाय गरेर खानेपानी समस्या टार्न सकिन्छ’, उनले भने ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले कतिपय स्थानमा खानेपानीको स्रोत नहुँदा सबैलाई पुर्‍याउन नसकिएकाले थप अध्ययन भइरहेको तर स्रोत भएको स्थानमा सरकारको ‘एक घर–एक धारा’ कार्यक्रम प्रभावकारी भएको बताए । 

बेचानथोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा सहयोग गरेकोमा खुसी व्यक्त गरे । संस्थाका उपाध्यक्ष सञ्जय श्रेष्ठले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : ५१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका