एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा नौ सिट « Khabarhub

एकीकृत समाजवादीलाई समानुपातिकतर्फ सात प्रदेशमा नौ सिट


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नौ सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये ५५,९५७ मत ल्याएको उसले एक सिट पाएको हो ।

मधेस प्रदेशमा १९,५२,९४९ मतमध्ये १,१३,९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८,६९,१३६ मतमध्ये ६९,८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो । 

गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९,४२,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो । लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ ।

 कूल १७,७७,७२० मतमध्ये ४२,६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो । कर्णाली प्रदेशमा पनि उसले एक सिटमै चित्त बुझाउनु परेको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको उसले एक सिट मात्र पाएको हो ।कर्णाली प्रदेश सभामा पनि एकीकृत समाजवादीले एक सिट पाएको छ । कुल ५,६२,३४० मतमध्ये एकीकृत समाजवादीले ३५,८२६ मत पाएको थियो । यो कुल सदर मतको ६.३७ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशसभामा समेत एकीकृत समाजवादीले एक सिट मात्र पाएको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको थियो । यो कुल सदर मतको ५.१४ प्रतिशत हो । प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले २,९८,३९१ मत पाएको हो । सदर भएको कूल १,०५,६०,०८२ मतमध्ये तीन प्रतिशत मत नपुगेपछि प्रतिनिधिसभामा  समानुपातिक सिट शून्य भएको हो । 

यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ५ : १६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका