प्रधानसेनापतिद्वारा भवन शिलान्यास | Khabarhub Khabarhub

प्रधानसेनापतिद्वारा भवन शिलान्यास


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले काभ्रे बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

 चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालनमा ल्याइने उद्घोषानुरुप विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शिलान्यास गरिएको हो । विश्वविद्यालय निर्माणकार्यको सिलसिला आव  २०७६/७७ बाटै प्रारम्भ भएको थियो ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।

निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने हेतुले स्थापना गरिएको विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

रणनीतिक संस्कारको विकास तथा उच्चस्तरको नागरिक-सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यअनुरूप सो विश्वविद्यालयको स्थापना गरिएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ०२ बजे

१६औँ शताब्दीको ‘सौगा हिटी’ सरसफाइ र रङ्गरोगन

ललितपुर– भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरी जस्तो बनेको पाटन

पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको पाँचौँ टेस्टमा कम ब्याक गरेको छ

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह– ‘मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस्’

काठमाडौं– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ