शिविरबाट १५४ जनाको आँखा शल्यक्रिया « Khabarhub

शिविरबाट १५४ जनाको आँखा शल्यक्रिया


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनगढी– गेटा आँखा अस्पतालले कैलालीको लम्कीमा आयोजना गरेको आँखा शिविरबाट १५४ जनाको ज्योति फर्काएको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र नेपाल बालबालिका सहायता कार्यक्रमको आयोजनामा दुई दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार १२९ जना आँखाका बिरामीले सेवा लिएका थिए ।

१ हजार १२९ जनाको आँखाको जाँच गरिएकोमा १५४ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । १५३ जनाको आँखामा मोतियाबिन्दु र एकजनाको ट्रकोमाको शल्यक्रिया गरिएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका वा नम्बर ३ बलचौरमा सञ्चालित चालित आँखा शिविरमा ४६७ जना आँखाका बिरामीलाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ भने ५०८ जना आँखाका रोगीको निःशुल्क औषधि उपचार गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : ४६ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ