गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने « Khabarhub

गुजरातमा पटेललाई नै मुख्यमन्त्री बनाइने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक गर्ने र गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने भएका छन् ।

भाजपा प्रमुख सचेतक पंकज देसाईका अनुसार भाजपाको ऐतिहासिक जीतपछि भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन भने दलले उनलाई नै नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्ने बताइएको छ ।

गुजरातको नयाँ मुख्यमन्त्रीको औपचारिक चयनका लागि शनिबार बिहान सबै नवनिर्वाचित विधायकहरूको बैठक बोलाइएको छ । देसाईले भने , “भाजपा विधायक दलको बैठक शनिबार बिहान १० बजे गान्धी नगरमा बस्नेछ र गुजरातका मुख्यमन्त्रीको बारेमा आधिकारिक घोषणा गरिनेछ । भाजपाका गुजरात प्रदेश अध्यक्ष सीआर पाटिलले भुपेन्द्र पटेलले आगामी डिसेम्बर १२ मा पुनः मुख्यमन्त्रीको सपथ लिन लागेको बताए

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाह गान्धी नगरमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । भाजपाले गुजरातको कुल १८२ सिटमध्ये १५६ सिट जितेको छ । सन् १९६० मा गुजरात राज्यको स्थापना भएयता भाजपाले गुजरातमा लगातार सातौं पटक विजय हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृह राज्यमा भाजपाले चुनावी प्रदर्शनका विगतका सबै रेकर्ड तोडेको छ ।

गुजरातमा नयाँ चुनावी मैदानमा उत्रिएको आम आदमी पार्टीले ५ सिट जितेको छ भने समाजवादी पार्टीले एक सिट जितेको छ । यस्तै तीन जना स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पनि घाटलोडिया निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार मतको कीर्तिमानी अन्तरले विजय हासिल गर्दै इतिहास रचेका छन् ।

भाजपाले गुजरातमा २७ एसटी आरक्षित सिटमध्ये २४ सिट जितेको छ, जुन गत चुनावको तुलनामा १२ सिट बढी हो । आदिवासीहरूले पनि ठूलो सङ्ख्यामा भाजपालाई भोट हालेका छन् । सन् २०१७ को विधानसभा चुनावमा भाजपाले ९९, काङ्ग्रेसले ७७ र एनसीपी, बीटीपी र स्वतन्त्र उम्मेदवारले क्रमशः १, २ र ३ सिट जितेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : १७ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको