लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची « Khabarhub

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ । लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो ।

लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला)को नाम सिफारिस गरेको हो ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ चार सिट जितेको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ४२ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था