हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी « Khabarhub

हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षकोे चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फछ्र्योट भइसकेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आज यहाँ आयोजित अन्तक्र्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो ।

प्रस्तुत विवरणअनुसार सो अवधिमा बाराको एक सय ३२, पर्साको एक सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा तीन, रामेछाप र काभे्रपलाञ्चोकको एकरएक र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोटबाट कुनै उजुरी परेको छैन ।

गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या नौ सय ६२ रहेको छ । यी उजुरीमध्ये दुई सय ८१ वटा उजुरी फछ्र्योट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ ।

उपलब्ध विवरणमा गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधातर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोद भट्राईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भिरतापूर्वक लाग्नुपर्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५९ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान