हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी « Khabarhub

हेटौंडामा चार महिनामा चार सय ९४ उजुरी


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षकोे चार महिनामा चार सय ९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजरी दर्ता भएको छ । सो अवधिमा दर्ता भएका उजुरीमध्ये एक सय ९० उजुरी फछ्र्योट भइसकेको जानकारी गराइएको छ । भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आज यहाँ आयोजित अन्तक्र्रियामा त्यस्तो तथ्य जानकारी गराइएको हो ।

प्रस्तुत विवरणअनुसार सो अवधिमा बाराको एक सय ३२, पर्साको एक सय २०, रौतहट ८८, मकवानपुर ८९, चितवन ४३, धादिङ १४, दोलखा तीन, रामेछाप र काभे्रपलाञ्चोकको एकरएक र रसुवाको तीन उजुरी परेको छ भने नुवाकोटबाट कुनै उजुरी परेको छैन ।

गत आर्थिक वर्षदेखि सरेर आएको र चालु आर्थिक वर्षको चार महिनाको कूल उजुरी सङ्ख्या नौ सय ६२ रहेको छ । यी उजुरीमध्ये दुई सय ८१ वटा उजुरी फछ्र्योट भइसकेको प्रस्तुत विवरणमा उल्लेख गरिएको छ ।

उपलब्ध विवरणमा गैरकानुनी लाभका एक सय २७, राजश्व हिनामिनाका २८, सार्वजनिक खरिद निर्माणका एक सय ५७, विविधातर्फ ८५, भूमिसम्बन्धी १९, शैक्षिक प्रमाणपत्रसम्बन्धी ११, घुससम्बन्धी तीन र गैरकानुनी सम्पत्तीसम्बन्धी चार उजुरी रहेको कार्यालयका वरिष्ठ इन्जिनियर मोहदत्त भट्टले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव विनोद भट्राईले देशमा सुशासन कायम गर्न र आर्थिक अनियमितता रोक्नका लागि सरकारका सम्पूर्ण निकाय गम्भिरतापूर्वक लाग्नुपर्ने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ५९ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका