चितवनबाट ठूलो परिमाणमा सालको काठ बरामद « Khabarhub

चितवनबाट ठूलो परिमाणमा सालको काठ बरामद


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो ।

जलदेवी सामुदायीक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।

अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उनको भनाइ छ । जलदेवी सामुदायीक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : १२ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका