खोटाङका १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण « Khabarhub

खोटाङका १४ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका २२ मध्ये १४ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन् । शुक्रबारसम्ममा प्रतिनिधिसभा सदस्यतर्फका पाँच, प्रदेशसभा (क)का पाँच र प्रदेशसभा (ख)तर्फका चार उम्मेदवारले निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ आठ, प्रदेशसभा (क)तर्फ आठ र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार उठेका थिए ।

हालसम्म प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार बिशाल भट्टराईले १० लाख ९३ हजार, नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राईले १७ लाख ३३ हजार, राप्र्रपाका उम्मेदवार सर्जु श्रेष्ठले आठ लाख ८२ हजार पाँच सय, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार भोजराज बस्नेतले नौ हजार र आमुल परिवर्तन मसिहा पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चन्द्रमणि राईले २५ हजार खर्च भएको विवरण पेश गरेका छन् ।

यस्तै, प्रदेशसभा (क)तर्फ एमालेका उम्मेदवार पाँचकर्ण राईले नौ लाख ८५ हजार, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बिरबलकाजी राईले २० लाख ५५ हजार, नेकपा (माक्र्सवादी लेलिनवादी)का पदमप्रसाद आचार्यले ५० हजार, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राईले एक लाख एक हजार ७०० र नेपाल मजदुर किसान पार्टीका केशव राईले पाँच हजार खर्च भएको विवरण पेश गरेका छन् ।

प्रदेशसभा (ख)तर्फ एमालेका उम्मेदवार रामप्रसाद दंगालले पाँच लाख ८९ हजार, कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १९ लाख ४१ हजार पाँच सय, जसपाका प्रदेशसभा प्रेमकुमार राईले दुई लाख आठ हजार र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले एक हजार निर्वाचन खर्च बुझाएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी लोकेन्द्र राईले बताए । अन्य उम्मेदवारले निर्वाचन खर्च बुझाउन बाँकी छ । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : ०६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम