माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने « Khabarhub

माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने


२३ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ । संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ । निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातितर्फको सूची निर्धारण गर्न समय दिएको छ । माओवादीको बैठक शनिबार पुनः बस्नेछ । प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादीले समानुपातितर्फबाट भने २९ सिट पाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १० : १५ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था