राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू « Khabarhub

राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज (सोमबार)बाट आचारसंहिता लागू गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आचारसंहिता क-कसलाई लागू हुन्छ ?

संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी ।

स्थानीय तहका पदाधिकारी र कर्मचारी ।

सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी ।

सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी ।

निर्वाचनको काममा संलग्न कर्मचारी ।

राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन ।

आचारसंहिता उल्लङ्घन गरे कारबाहीको चेतावनी

आयोगले आचारसंहिताको पालना गर्न सम्बन्धित सबैलाई आह्वान गरेको छ। यदी आचारसंहिता कार्यान्वयन नभए कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगले निर्देशन दिएको छ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने विज्ञप्तिमा उल्लेख छ ।

आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ४८ बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी