नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका | Khabarhub Khabarhub

नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ ।

केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव स्थगन गर्न सक्छ । भारतीय संविधानको अनुच्छेद ८५ (१) र अनुच्छेद १७४ (१) मा टेकेर सदनरविधानसभाको दुई सत्रबीच चुनाव आयोगले ६ महिनासम्मका लागी घोषित कार्यक्रम रोक्ने अधिकार राख्छ ।

एउटा याचिकामाथि सुनुवाइ गर्दै न्यायाधीश शेखरकुमार यादवको खंडपीठले कोभिड र ओमिक्रनका कारण संक्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने भन्दै उक्त निर्देशन दिएको थियो । त्यसलगत्तै भारतका मुख्य निर्वाचन आयुक्त सुशील चन्द्राले उत्तरप्रदेशको वस्तुस्थितिबारेमा भ्रमण गरेका थिए । निर्वाचन आयोगले उत्तर प्रदेशका राजनीतिक दलहरुको मनशाय चुनाव सार्न नहुने पाएको बताए ।

उत्तर प्रदेशसँग नेपालको लामो सिमाना छ । आवतजावत खुल्ला छ । यहाँ दैनिक र घरायसी कामका लागि पनि दिनहुँ मानिसहरु सीमा पार आउजाउ गरिरहन्छन् । यो अवस्थामा कोभिडको अर्को लहर रोक्न थप चुनौतीपूर्ण छ । खुल्ला सीमाका कारण दिनहुँ भारतमा रोजगारीमा गएका र अन्य कामले भारत आउजाउ गर्नेहरु लर्को कम हुने छाँटकाँट देखिदैन । बरु उल्टै भारतमा संक्रमण बढिरहँदा रोजगारीमा समस्या आउन सक्ने सम्भावनाको डरले स्वदेश फर्कनेहरूको चाप बढ्दै छ । यस हिसाबले सीमामा कोभिड ओमिक्रण संक्रमण बढ्न सक्ने सम्भावना तीव्र गतिमा रहेको छ ।

त्यसै पनि नेपाल-भारत खुल्ला सिमानाका कारण राजनीति अक्सर संक्रमितझैं हुन्छ । भारतमा संक्रमण बढ्दै जाँदा रोजगारी कटौती हुने उत्तिकै सम्भावना रहन्छ । दैनिक ज्याला मजदुरीमा भारतका विभिन्न सहरमा काम गर्ने नेपाली अघिल्लो वर्षको महामारी पछि उत्पन्न परपस्थितिबाट गुज्रिसकेका छन् । त्यसैले पनि छिटो स्वदेश फर्कनेको संख्या दिनानुदिन बढिरहेको छ । त्यसमाथि महामारी बढाउने गेट वेका रुपमा सिमाना एक प्रमुख कारकका रूपमा देखिन्छ ।

आगामी फेब्रुअरी र मार्चमा उत्तर प्रदेशमा चुनावको सम्भावना छ । यसबीच उत्तर प्रदेशको बाटो भएर नेपाल आउनेहरु प्रक्रियामा स्वास्थ्य मापदण्ड पालना गराउन सीमावर्ती जिल्लाहरु सजग हुनै पर्छ । त्यस्तै मध्यको एउटा जिल्ला हो बाँके । नेपालगन्जसँग सीमा जोडिएको रुपैडिया नाकाका अलावा अन्य प्रवेश मार्गमा कोरोना परीक्षण, खोप र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड लागू हुन आवश्यक छ । साथै अन्य तयारी क्वारिन्टिन, जाँचको अनुपातलगायतका विषयमा समयमै ध्यान दिन जरुरी छ ।

पछिल्लो तथ्यांकअनुसार बाँकेको जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरुमध्ये ६ सय ७५ जनाको कोभिड एन्टिजिन परीक्षण भइसकेको छ । १९ पुसमा नौ, २० गते चार, २१ गते पाँच, २२ गते २३, २३ गते २६, २४ गते ४६ र २५ गते ३९ जनामा संक्रमण देखिएको हो । महामारीकै बीच नेपालगन्ज जमुनाहा नाका भएर आउने अहिलेसम्म पाँच सय ५५ जनामा कोभिड संक्रमण देखिएको छ । पछिल्लो समय संक्रमण देखिएका सबैलाई बालमन्दिरस्थित आइसोलेसन केन्द्रमा राखी उपचार गरिएको छ ।

भारतका विभिन्न सहरबाट आएका नेपालीलाई नेपालगन्ज नाकामा जाँच गर्दा कोरोना संक्रमण बढेको देखिएको हो । भारतमा कोरोनाको प्रकोप बढ्दो क्रममा छ । त्यसको असर नेपालीमा परेको छ । कोरोना प्रकोप बढेपछि नेपालीहरु घर फर्किरहेका छन् । नेपालगन्ज नाकाबाट दैनिक ठूलो संख्यामा फर्किरहने नेपालीमा कोरोना देखापरिरहेको छ ।

कोरोना देखिएकाहरु प्रायः पहाडी जिल्लाका छन् । यसले समुदायस्तरमा कोरोना फैलिन सक्ने सम्भावना रहन्छ । स्वास्थ्य परीक्षण भई संक्रमित भएकालाई नेपालगन्ज आइसोलेसनमा राखिएको छ । तर कतिपय यात्रुहरु मापदण्ड मिचेर पनि नाका पार गरिरहेका छन् ।

–बसन्तकुमार उपाध्याय/न्यूज कारखाना

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ०० बजे

गत आर्थिक वर्षमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा

गाजाका अधिकांशले दिनको एक छाक पनि खान पाउँदैनन्

काठमाडौं – गाजामा रहेका एक तिहाइ व्यक्ति दिनको एक छाक

अख्तियारबाट २९ हजार सात सय उजुरी फर्छ्यौट

काठमाडौं– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी– पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र

तल्लो सोलु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत्