आङ सान सूचीलाई चार वर्षको जेल सजाय « Khabarhub

आङ सान सूचीलाई चार वर्षको जेल सजाय


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार(बीबीसी)– म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सूचीमाथि गैर लाइसेन्सको वकीटकी राखेको आरोप छ ।

गत फेब्रुअरीमा सेनाले नागरिक सरकारमाथि सैन्य ‘कू’ गर्दै सूचीलाई सत्ताच्यूत गरेको थियो । सूचीलाई गत डिसेम्बरमा कोरोना भाइरसको प्रतिबन्ध उल्लंघन गरेका कारण चार वर्षको जेल सजाय सुनाइएको थियो । त्यसलगत्तै यो सजायलाई कम गर्दै अढाई वर्षको घरमै नजरबन्द गरिएको थियो ।

म्यानमारमा सत्ता प्रदर्शनपछि भएको हिंस्रक प्रदर्शनमा हालसम्म १ हजार ४ सयजनाले ज्यान गुमाइसकेका छन् ।

गत डिसेम्बरमा सूचीमाथि सुनाइएको सजायको अन्तर्राष्ट्रियस्तरबाट विरोध गरिएको थियो । म्यानमारका जनताहरुले यो फैसलाप्रति चिन्ता व्यक्त गर्दै विरोधको पुरानो शैली अपनाएर भाँडाकुडा बजाएका थिए ।

अदालतको निर्णयप्रति ह्युमन राइट्स वाचको शोधकर्ता मेनी मान्गले अदालतको आदेशले राष्ट्रियस्तरमा असन्तोषको विषय झन बढ्ने प्रतिक्रिया दिएकी छन् । ‘जब पछिल्लोपटक उनलाई सजाय सुनाइएको थियो, त्यो बेला म्यानमारमा सामाजिक सञ्जालमा सर्वाधिक चर्चा भएको थियो । जनता निकै रिसाएका थिए । सेनालाई अदालतको निर्णयले आम मानिसमा डर सिर्जना हुन्छ भन्ने लागेको होला । तर यसले जनतामा अझ बढी रिसको मात्रा बढाएको छ’, उनले भनेकी छन् ।

पत्रकारहरुलाई सुनुवाईमा सहभागी हुन दिइएको थिएन । जबकी सूचीका वकिलहरुमाथि मिडियासँग कुराकानी गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १२ : ५० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग