मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको समर्थन « Khabarhub

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा सात विद्यार्थी संगठनको समर्थन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क माग गरेका भन्दै करिब तीन सातादेखि आन्दोलन गरी रहेका विद्यार्थीहरुलाई विभिन्न सात विद्यार्थी संगठनले समर्थन गर्ने जनाएका छन् ।

अतिरिक्त शुल्कको विरोध स्वरुप काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको रिले अनशनलाई एक्यबद्धता जनाउने सात विद्यार्थी संगठनले सोमबार निर्णय गरेको हो ।

रिले अनशनमा रहेका विद्यार्थीहरुलाई संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरुको उपस्थितिमा पौष २८ गते ऐक्यवद्धता जनाउने सूचनामा उल्लेख गरेको छ ।

सोमबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले विद्यार्थीहरुको आन्दोलनलाई एक्वद्धता जनाउने निर्णय गरेको हो ।

‘विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने निर्णय विरुद्ध आफू अध्ययनरत कलेजमा स्वतस्फूर्त रूपमा गरिरहेको आन्दोलन प्रति संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट पूर्ण रुपमा ऐक्यबद्धता जाहेर गर्दछौं,’ संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विभिन्न राजनैतिक पार्टीका नेताहरुसँग शैक्षिक माफिया र मेडिकल माफियाहरुले व्यक्तिगत सम्बन्ध स्थपित गरी आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको आरोप पनि विद्यार्थी संगठनले लगाएका छन् । .

आन्दोलनरत विद्यार्थीहरु माथि भएको दमनका विरुद्ध गृहमन्त्री र शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने पनि संगठनले जनाएको छ ।

विद्यार्थीहरुको समस्या समाधानको लागि चिकित्सा शिक्षा आयोग र काठमाडौं विशविद्यालयसँग आवश्यक छलफल गर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका