नारायणहिटी संग्रहालयमा भएको बंकरसमेत तोडफोड गरेर संरचना बनाइएको रहेछ: प्रेम आले (भिडियो) « Khabarhub

नारायणहिटी संग्रहालयमा भएको बंकरसमेत तोडफोड गरेर संरचना बनाइएको रहेछ: प्रेम आले (भिडियो)

छानबिन समितिले बुझायो प्रतिवेदन


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई छानबिन समितिले प्रतिवेदन पेश गरेको हो ।

छानबिन समितिको प्रतिवेदन लिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा  निर्माण भएका संरचना हटाइएको बताए । उनले १४ रोपनी जग्गामा विना कुनै इजाजत संरचना निर्माण गरेको बताए । साथै उनले गैरकानूनी रुपमा कारवाही गरिने पनि बताए ।

‘१४ रोपनी जग्गामा विना कुनै इजाजत भौतिक संरचना निर्माण गरेको पाइयो’, मन्त्री आलेले भने ।

उनले नारायणहिटी संग्रहालयमा होटल सञ्चालन गर्दा दु:ख लागेको बताए । उनले यसरी राज्यको सम्पत्ति दोहन भयो भने यसले समस्या पार्ने बताए ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउन बतास समूहलाई दिएको विषयमा विरोध भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

यस विषयमा प्रतिवेदन तयार पार्न मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

सदस्यहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।

छानबिन समितिले अनधिकृत रुपमा नारायणहिटी संग्रहालयको जग्गा लिएको निष्कर्ष निकालेको छ ।

भिडियो:

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ४ : ३४ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक