एमाले उदपुरको अध्यक्षमा पशमेश्वर घिमिरे सर्वसम्मत « Khabarhub

एमाले उदपुरको अध्यक्षमा पशमेश्वर घिमिरे सर्वसम्मत


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेपाल कम्युनिस्ट पार्टी एमालेको आठौँ जिल्ला अधिवेशनको चार दिन लामो रस्साकस्सीबीच नयाँ नेतृत्व चयन गरेको छ । खुला सत्र सकिएको चार दिनको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो । परमेश्वर घिमिरेको अध्यक्षतामा १ सय १२ सदस्य नयाँ जिल्ला कमिटी चयन भएको छ ।

उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा उपसचिव टेकबहादुर राउतसहितको पाँच जनाको पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी घोषणा गरिएको छ ।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास गरिएको थियो । अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको अध्यक्ष मण्डलका अध्यक्ष नेपाल कम्युनिस्ट पाटी एमालेका पोलिट ब्युरो सदस्य मन्जुकुमारी चौधरीले बताइन् ।

हलले सर्बसम्मत नेतृत्व चयनका लागि पार्टी पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । सबैको चाहना र भावना अनुरूप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोजिएको जनाएका छन् । पार्टीमा गुटगत प्रवृत्तिको अन्त्य गर्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तल्लोदेखि माथिल्लो तहसम्मका नेताहरूको दबाब रहेको अध्यक्ष मण्डलले जानकारी दिए । अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गर्दै आएका थिए ।

त्यसैगरी जिल्ला कमिटीमा खुल्लातर्फ ३३ जना, निर्वाचन क्षेत्रबाट ३० जना, पालिकाबाट २४ जना, आदिवासी जनजातिबाट ६ जना, श्रमिकबाट ६ जना, उत्पीडित समुदायबाट पाँच जना, थारु समुदायबाट पाँच जना, मधेसी मुस्लिमबाट दुई जना र लोपोन्मुखबाट एक जना गरी १ सय १२ जनाको कमिटी चयन गरिएको नव निर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ५८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका