नेकपा एमाले महोत्तरीमा भाँडभैलो | Khabarhub Khabarhub

नेकपा एमाले महोत्तरीमा भाँडभैलो


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा एमाले महोत्तरीको जिल्ला आयोजक कमिटी सदस्य टुङ्याउन सोमबार बसेको बैठकमा एउटा समूहले शपथ ग्रहण गराएको छ भने अर्को समूह बाहिरिएको छ ।

जिल्लामा एमालेका चार जना केन्द्रिय सदस्य मध्ये बुधिनिदेवी र रामदयाल मण्डल समूहले २ सय जनाको जिल्ला आयोजक कमिटी निर्वाचित गरी शपथ ग्रहण गराएको छ ।

तर केन्द्रीय सदस्य सरोज यादव र टेक बहादुर बलाम्पाकी भने आयोजक कमिटीको नाम सूचिमा आफूखुसी हेरफेर गरेको भन्दै हलबाट बाहिरिएका छन् ।

‘पार्टीको विधि र बिधानअनुसार सबैजना प्रक्रियामा चल्नुपर्छ अन्यथा त्यो वैधानिक हुँदैन’, केन्द्रीय सदस्य सरोज यादवले भने ।

यता रामदयाल मण्डल समूहले भने आयोजक कमिटी पार्टीको विधि र वैधानिक प्रक्रियालाई आत्मासाथ गरी निर्वाचित गरिएको दाबी गरेको छ ।

बहुमतवाट नै बैठकमा पेश गरिएको नामावाली पारित भएको भन्दै केन्द्रीय सदस्य बुधिनीदेविले शपथ खाएका २ सय जना नै जिल्ला अधिवेशनका लागि आयोजक बनेको जानकारी दिइन् ।

उनले सइन्चार्ज समेत रहेका सरोज यादवले हलमा सदस्यता नै नभएका व्यक्तिहरु ल्याएर होहल्ला गर्न लगाएको आरोप लगाइन् ।

पार्टीभित्र रगत पसिना बगाएका संगठित सदस्यलाई मात्र स्थान दिनुपर्ने जिकिर गर्दै केन्द्रीय सदस्य बुधिनिदेविले भनिन् ‘सइन्चार्जले चाहँदैमा केही हुँदैन हामीले गहन छलफलपछि नै नाम पारित गरेका हौं ।’

केन्द्रीय सदस्य टेक बहादुर बलाम्पाकीले पनि पोलिटब्यूरो सदस्य रामदयाल मण्डल र बुधिनिदेविले छलफलबीना आयोजक कमिटी बनाएको आरोप लगाए ।

आयोजक कमिटीमा समावेश गरेका नामहरुप्रती असन्तुष्ट जनाउँदै बलाम्पाकी पनि सरोज यादवसँगै हलबाट बाहिरिएका थिए ।

समझदारी र छलफलवाट नै आयोजक कमिटी टुङ्याउनुपर्ने केन्द्रीय सदस्यद्वय यादव र बलाम्पाकीको अडान छ । तर रामदयाल मण्डलले भने शपथ ग्रहण गराएकै समूह अधिवेशन आयोजक कमिटी भएको बताएका छन् ।

सइन्चार्ज र अध्यक्षको स्वीकृतिबिना केही पनि नहुने बताउँदै असन्तुष्ट यादवले केन्द्रबाट पनि स्थगित गर्न निर्देशन आएको दाबी गरेका छन् ।

सरोज यादव अहिले जिल्लाका सइन्चार्ज हुन भने टेक बहादुर बलाम्पाकी अध्यक्ष हुन् । नेकपा एमाले महोत्तरीमा देखिएको बिभाजनले ५ माघ र ६ लाई निर्धारण गरिएको अधिवेशन नै बिथोलिन सक्नेतर्फ कतिपय नेताहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

आयोजक कमिटी बनाउन असमझदारी र गुटउपगुटका कारण यति धेरै भाँडभैलो भैइरहँदा प्रतिनिधि चयनदेखि जिल्ला अधिवेशन गर्नमा समेत नेकपा एमाले महोत्तरीमा ठूलै सकस पर्ने देखिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : १८ बजे

‘जनै हराएको मान्छे’ को ट्रेलर सार्वजनिक

काठमाडौं – नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ को अफिसियल ट्रेलर

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित

पौडी खेल्ने क्रममा मादी नदीले बगाएर एक जना बेपत्ता

तनहुँ – तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो

आजका समाचार : मनाइयो रक्षाबन्धन-जनैपूर्णिमा, एनपीएल अक्सन सुरु र आर्मेनिया-अजरबैजान युद्ध अन्त्य

एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ताप्रधानमन्त्री केपी शर्मा