सिटीको सहज जित, टोटनहम पराजित | Khabarhub Khabarhub

 सिटीको सहज जित, टोटनहम पराजित


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ ।

घरेलु मैदान इतिहादमा  सिटीको १९औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो  ।

खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो ।

जितसँगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ  । पराजित ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ ।

यता, अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसँग ३-२ ले पराजित भयो । आत्माघाती गोलसँगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो ।

भ्रमणकारी टोलीको जितमा अर्मान्डो ब्राजा, मोहम्मद  र चे एडाम्सले एक एक गोल गरे । टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए ।

जितसंगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंकसहित  १०औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ३७ बजे

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ