भिल्ला र लिड्सको बराबरी « Khabarhub

भिल्ला र लिड्सको बराबरी


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एस्टन भिल्ला र लिड्स युनाइटेडले ३-३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन्। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो ।

बुधबार राति भएको खेलमा लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल गरे । एस्टन भिल्लाका लागि ज्याकोब राम्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । राम्सीको दुबै गोलमा कौटिन्होले पास मिलाएका थिए ।

बराबरिसंगै भिल्ला २२ खेलबाट २७ अंक सहित ११औं स्थानमा छ । लिड्स भने २३ खेलबाट १५औं स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा विलफ्रेड जाहाले पेनाल्टी चुकाउदा क्रिस्टल प्यालेसले नर्विच सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको पहिलो मिनेटमै टिमु पुकिले घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए । खेलमा ६०औं मिनेटमा जाहाले गोल गर्दै खेल बराबरिमा ल्याए । ६३औं मिनेटमा पाएको पेनाल्टी जाहाले सदुपयोग गर्न नसक्दा भ्रमणकारी टोली प्यालेस जितबाट बन्चित भयो ।

बराबरिसंगै प्यालेस २५ अंक सहित १३औं स्थानमा छ । नर्विच भने १७ खेलबाट १८औं स्थानमा रहदा रेलिगेशन जोनमै रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ०६ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा