एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वको शृंखला « Khabarhub

एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वको शृंखला


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ।

बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो।

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार हुनेछ।

२३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।

वेस्ट इन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै अकिल होसेनले ३४, शाइ होपले २७, र ओडिन सिथले २४ रनको योगदान गरे। भारतका प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

भारतका सूर्यकुमार यादवले सर्बाधिक ६४ रन बनाए। यस्तै केएल राहुलले ४९, दिपक होडाले २९ , वासिङ्गटन सुन्दरले २४ रनको योगदान गरे । वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले समान २ विकेट लिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : १७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका