एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वको शृंखला « Khabarhub

एक खेल अघि नै भारतलाई वेस्ट इन्डिजविरूद्वको शृंखला


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ।

बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो।

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो । अब अन्तिम खेल शनिबार हुनेछ।

२३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो ।

वेस्ट इन्डिजका शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे । यस्तै अकिल होसेनले ३४, शाइ होपले २७, र ओडिन सिथले २४ रनको योगदान गरे। भारतका प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २३७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

भारतका सूर्यकुमार यादवले सर्बाधिक ६४ रन बनाए। यस्तै केएल राहुलले ४९, दिपक होडाले २९ , वासिङ्गटन सुन्दरले २४ रनको योगदान गरे । वेस्ट इन्डिजका अल्जारी जोसेप र ओडिन स्मिथले समान २ विकेट लिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : १७ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा