साउदीमा अलपत्र ४५ नेपाली युवाद्वारा उद्धारको अपिल (भिडियोसहित) « Khabarhub

साउदीमा अलपत्र ४५ नेपाली युवाद्वारा उद्धारको अपिल (भिडियोसहित)



दोहा – रोजगारीका लागि डेढ महिनाअघि साउदी अरब पुगेका ४५ जना भन्दा धेरै नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू गत डिसेम्बर २६ तारिखमा त्यहाँ पुगेका थिए ।

काठमाडौँस्थित मन्टेज ओभरसीज प्रालिमार्फत साउदीमा रहेको भिजुवान लोजेष्टिक कम्पनीमा प्लम्बर लगायत विभिन्न काममा भनेर पठाइएका नेपाली कामदार अहिले रियादमा अलपत्र परेका हुन् ।

मेनपावर कम्पनीलाई प्रति व्यक्ती १ लाख ६० हजारदेखि २ लाखसम्म बुझाएर साउदी पुगेका उनीहरूलाई काम नदिएर कम्पनीले अलपत्र पारेको पीडित मध्यका एक रुपन्देहीका नैम अलीले जानकारी दिए ।

उनका अनुसार २ महिना हुन लाग्दासमेत कम्पनीले काममा नलगाई एउटा लेबर क्याम्पमा राखेको तथा गुणस्तरहीन खाना त्यो पनि आधा पेट खाएर बाच्नु परेको दुखेसो पोखेका छन्।

‘हामी यहाँ आएको डेढ महिनाभन्दा बढी भइसक्यो न कम्पनीले काम दिएको छ न पैसा, थोरै दाल चामल मात्र दिन्छ त्यतिले के गर्नु ,’ नैम अलीले खबरहबसँग भने, ‘कि हामीलाई सम्झौता अनुसारको काम दिनु पर्‍यो होइन भने हामीलाई चाँडो उद्धार गर्नु पर्‍यो ।’

हालसम्म कम्पनीले दुई सय रियाल मात्र दिएको र एउटै कोठामा तीस जना भन्दा बढी राखेको उनीहरूको भनाइ छ । आफूलाई पठाउने मेनपावरलाई सम्पर्क गर्दा आज/भोलि भन्दै टार्ने गरेको उनले सुनाए।

पठाउने एजेन्टले समेत सम्पर्कबिहिन भएकाले आफूहरू थप समस्यामा परेको उनीहरू बत्ताउँछन् । ‘रियादस्थित नेपाली दूतावासलाई  जानकारी गराएको र दूतावासले भनेअनुसारको निवेदन दिए पनि कुनै पहल छैन।’ उनले थपे। दूतावासको काम गुनासो सुन्ने र निवेदन हेरेर बस्ने बाहेक केहि छैन।

बेखबर सरकार, नाम मात्रैको दूतावास

सरकारले दिएको सेवा सुविधा खाएर बसेका दूतावासका कर्मचारीलाई समस्यामा परेका नेपालीका दुख खास केहि लाग्दैन। दूतावास मात्रै होइन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको चुरिफुरी पनि देखाउँने दाँत बनेको छ।

उनले बनाएको रेस्क्यु टिम र गुनासो सुन्ने निकाय न कान सुन्छ। न विदेशमा अलपत्र परेका नेपालीको दुख बुझ्छ। अरु त परैको कुरा गुनासो सुन्न भनेर उपलब्ध गराएको नम्बरमा फोन गरिहाले पनि फोन उठ्दैन। उठिहाले गुनासो सुनिन्छ तर कुनै पहल हुँदैन।

वैदेशिक रोजगारबाट आएको रेमिट्यान्सबाट सेवा सुविधा लिने राज्यका निकायबाट कुनै सहयोगको सम्भावना नभएपछि अलपत्र परेका युवाहरुले सञ्चारमाध्यमलाई गुहारेका छन्।

कमिसनको लागि जे पनि गरिदिने तर अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न सिन्को नभाच्ने एजेन्टका कुरा मन्त्री र दूतावासभन्दा साना छैनन्।  उनीहरुलाई पठाउने एजेन्ट हबिबले उनीहरू समस्यामा परेको बारे आफू जानकार रहेको भन्दै समस्या समाधान गर्न आफूले मेनपावर कम्पनीसँग छलफल गरिरहेको र २५ जनालाई आजदेखि काममा लगाउने र बाँकीलाई एक दुई दिनभित्रमै काम दिलाउने प्रतिबद्धता जनाए ।

त्यहिँ कम्पनीमा बृज स्काई मेनपावरमार्फत डिसेम्बर ६ तारिखमा पुगेका १६ जना भन्दा बढी नेपाली युवाहरू अलपत्र परेको र उनीहरूले पनि आफूहरूलाई उद्धार गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ५९ बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज