प्रधानमन्त्री रोजगार कार्यक्रम : मर्स्याङदीमा ६० योजना छनोट « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम : मर्स्याङदीमा ६० योजना छनोट


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६० वटा योजना छनोट गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागत रुपमा सुरु भइसकेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले वताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले ९ वटै वडामा गरी ६० वटा योजना छनोट गरेको हो ।

छनोट भएका योजनामा गोरेटो बाटो मर्मत तथा निर्माण, सिढी बाटो निर्माण, मोटरबाटो मर्मत तथा सोलिङ, नाली निर्माण, आन्तरिक बाटो निर्माण, सिंचाइ कुलो निर्माण , खेलमैदान, तटबन्धन, सामुदायिक भवन साझेदारी लगायतका रहेका छन् ।

रोजगार संयोजकका अनुसार हाल अधिकाशं वडामा योजनाहरुको काम चलिरहेको छ भने तन वटा योजना सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकालाई २ करोड ५५ लाख रकम बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : ४२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली