भैरहवाका विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा « Khabarhub

भैरहवाका विद्युत बक्यौता नतिर्ने २५१ ग्राहक कालोसूचीमा


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले २५१ ग्राहकको नामावली कालोसूचीमा राखेको छ । पटकपटक ताकेता गर्दासमेत बक्यौता नतिरेको भन्दै उनीहरूलाई कालोसूचीमा राखेको हो ।

भैरहवा वितरण केन्द्रअन्तर्गत भैरहवा र लुम्बिनी क्षेत्र पर्छ । चालू वर्षमा मात्रै एक हजार नौ सय १२ ग्राहक थपिएसँगै ग्राहक संख्या बढेर ७९ हजार चार सय ४६ पुगेका छ । वितरण केन्द्रले झन्डै ८२ करोड विद्युत् बक्यौता उठाउन बाँकी छ ।

विद्युत उपभोग गर्ने तर लामो समयदेखि महसुल नबुझाएका ग्राहकसँग शुल्क उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ । यो शुल्क जरिवानाबाहेकको हो । बक्यौता शुल्क प्राधिकरणले असुल गर्दा ५ प्रतिशत देखि २५ प्रतिशतसम्म जरिवाना लिने गरेको छ । महसुल समयमा नतिर्ने धेरैजसो उद्योगी, सरकारी तथा सार्वजनिक निकाय छन् । त्यस्तै घरायसी, सडक बत्ती, होटल, विद्यालय, संस्था, सिँचाइ र खानेपानीलगायतले पनि करोडौ महसुल तिर्न बाँकी छ ।

डेडिकेटेड ट्रंक लाइनमा जोडिएका उद्योगको मात्रै बक्यौता करिब ६६ करोड छ । डेडिकेटेट फिडरको लाइन आफूहरूले माग नगरेको भन्दै उद्योगले महसुल तिर्न मानेका छैन् । यो विषय अहिले सर्वोच्चमा पुगेर पेसी चलिरहेको छ ।

भैरहवाअन्तर्गत ट्रंक लाइनमा पर्ने उद्योग एभरेस्ट रोलिङ मिल, सोना पोलिमर्स, फेरो स्टिल, जगदम्बा सिन्थेटिक, एसआर फुड, सिद्धार्थ पेट पलास्ट र सोना प्याकेजिङ रहेको छ ।

चालू वर्षको ६ महिनामा मात्रै दुई करोड ९० लाख बक्यौता असुल गरी तीन सय ५७ ग्राहकको विद्युत पुनः जडान गरेको भैरहवा वितरण केन्द्रका लेखा प्रमुख ओमबहादुर दर्लामीले जानकारी दिए । यो अवधिमा मात्रै चार सय १० ग्राहकको विद्युत काटिएको छ, उनीहरूबाटै तीन करोड ५० लाख बक्यौता असुल गर्नुपर्ने छ । अझै ५३ जनाले लाइन काटिएको छ ।

भैरहवा वितरण केन्द्रका अनुसार पुस मसान्तसम्म ८१ करोड ८४ लाख ५९ हजार दुई सय ५२ बक्यौता रकम उठ्न बाँकी रहेको लेखा प्रमुख दर्लामीले बताए । बक्यौता ध्ये घरायसी सात करोड २८ लाख, व्यावसयिक होटल तथा स्कुलको एक करोड ७८ लाख, संस्था तथा गैरनाफामूलक संस्थाको ३५ लाख, सिनेमा हलको ९४ हजार, सडक बत्तीको एक करोड ९६ लाख, सिँचाइको एक करोड ८१ लाख बक्यौता छ ।

खानेपानी संस्थानको पाँच लाख ११ रुपैयाँ, यातायात चार्जिङ स्टेसन, बसपार्कको ३५ हजार, मन्दिरको सात लाख ७० हजार, अस्थायी बत्ती ६ लाख ६८ हजार, कार्यालयको आन्तरिक खपत १२ लाख ६० हजार, कालोसूचीमा परेका ग्राहकबाट एक करोड ७१ लाख बक्यौता असुल गर्नुपर्ने छ ।

नेपाल विद्युत प्राधिकरणले रिडिङ भएको ६० दिन पछि बिना सूचना विद्युत महसुल नबुझाएका ग्राहकहरूको लाइन जुनसुकै समयमा काट्न सक्ने प्रावधान छ । केन्द्रले बक्यौता रकम र समयको आधारमा ग्राहकहरूको लाइन काट्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  १० : २५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको