हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था « Khabarhub

हिमपातसँगै चिसोले दर्जनौ बाख्रा मरेको आशंका, छैन चेक जाँचको व्यवस्था


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले फलेका स्थानीयले पालेका बाख्रा मरेका हुन् ।

हिमपातको क्रमसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार तीनसय मिटर उचाइमा रहेको फलेका बासिन्दाले पालेको बाख्रा चिसोले धमाधम मर्न थालेका स्थानीयले बताएका छन् ।

फलेकी स्थानीय फुटी शेर्पाका अनुसार हिउँ पर्न थालेसँगै चिसो अध्यधिक बढेपछि बाख्रा मर्न थालेका हुन् । आफूले पालेका ३१ वटामध्ये हालसम्म १० वटा बाख्रा मरेको उनले बताए। उनले चिसोबाट जोगाउनलाई बाख्रा खोर (गोठ) भित्र राख्ने गरेको भए पनि राखेकै ठाउँमा मर्न थालेको बताए । बेलुका तन्दुरुस्त देखिएका बाख्रा बिहान मरिराखेको हुने उनको भनाइ छ ।

लामो समयदेखिको हिमपातसँगै बढेको चिसोले गर्दा बाख्रा मर्न थालेका स्थानीय पेमाला शेर्पाको भनाइ छ । उनका अनुसार फलेमा एक दर्जनजति परिवारको बसोबास रहेको र हाल प्रत्येक परिवारले पालेका बाख्रा मर्न थालेका छन् । हिजोआज चरनक्षेत्र सबै हिउँले ढाकेको छ भने चिसोका कारण बाख्रा धमाधम मर्न थालेपछि ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

चिसोका कारण नभइ अन्य कारणले बाख्रा मरेको भएमा उपचार र परीक्षण गराउने कुनै व्यवस्था नभएको स्थानीय किसान बताउँछन् । बाख्रा लगायत पशुचौपायाको उपचार तथा परीक्षण सेवाका लागि फलेका बासिन्दाले गाउँपालिका केन्द्र तापेथोक र सदरमुकाम फुङ्लिङमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

फलेदेखि तापेथोक पुग्नलाई दुई दिनको पैदल यात्रा गर्नुपर्छ भने सदरमुकाम फुङ्लिङका लागि तीन दिन लाग्छ । यहाँदेखि नजिकको बस्ती भनेको घुन्सा करिव दुई घण्टाको पैदल दूरीमा रहेको छ । त्यस्तै अर्को बस्ती ग्याब्ला करिव पाँच घण्टाको दूरीमा पर्दछ ।

दुर्गम क्षेत्र फलेका बासिन्दाले अहिलेको समयमा पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गर्न चाहेमा पनि तत्काल सम्भव नरहेको बताउँछन् ।

चिसोबाट पशुचौपायालाई बचाउने उपायबारे आफूहरु पशु विषेशज्ञको परामर्श साथै स्थानीय जनप्रतिनिधिसँग सहयोग लिने पहुँचमा नरहेको फुटी शेर्पाको भनाइ छ । हिउँका कारण अहिले आउजाउ गर्नलाई बाटो अवरुद्ध रहेको छ भने सहज रुपमा टेलिफोन सम्पर्क गर्ने स्थितिसमेत नभएको उनको भनाइ छ ।

स्थानीयका अनुसार बाख्राबाहेक चौंरी र अन्य पशुचौपायालाई पनि चिसोले निक्कै समस्या बनाएको छ । त्यहाँका बासिन्दा हाल घरभित्रै आगो तापेर साथै न्यानो कपडाहरु लगाएर बस्दै आएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ७ : ५० बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म