अर्थमन्त्री शर्माल भने– एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छ | Khabarhub Khabarhub

अर्थमन्त्री शर्माल भने– एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छ


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् ।

आज अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति निर्माण गर्नका लागि प्रयास गरिरहेको उनले बताए ।

मन्त्री शर्माले भने, ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरूलाई थाहा छँदैछ । तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरूको बीचमा अहिले छलफल भइराखेको छ । सरकारले यसलाई एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरूको बीचमा राष्ट्रिय सहमति निर्माण गर्ने कुरातिर नै अगाडि बढिरहेको छ ।’

उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : २२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही