अर्थमन्त्री शर्माल भने– एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छ « Khabarhub

अर्थमन्त्री शर्माल भने– एमसीसीमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको छ


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् ।

आज अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति निर्माण गर्नका लागि प्रयास गरिरहेको उनले बताए ।

मन्त्री शर्माले भने, ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरूलाई थाहा छँदैछ । तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरूको बीचमा अहिले छलफल भइराखेको छ । सरकारले यसलाई एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरूको बीचमा राष्ट्रिय सहमति निर्माण गर्ने कुरातिर नै अगाडि बढिरहेको छ ।’

उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : २२ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११