स्थानीय चुनावको तयारीका लागि काँग्रेसबाट समितिहरू गठन « Khabarhub

स्थानीय चुनावको तयारीका लागि काँग्रेसबाट समितिहरू गठन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले स्थानीय चुनावमा एकता र सम्पूर्ण सक्रियताका साथ केन्द्रित हुने जनाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ३० मा गर्ने सरकारको निर्णयको स्वागत गर्दै चुनावमा केन्द्रित हुने निर्णय गरेको हो ।

यसका लागि समितिहरू समेत गठन गरिएको छ ।

बिहीबारको बैठकमा छलफल भएका प्रस्तावहरूः

१. स्थानीय चुनाव तयारीसम्बन्धी प्रस्तावः स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सक्रियता साथ निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरू गठन गरिएको छ ।
– स्थानीय निर्वाचन मूल तयारी समिति– संयोजक
– घोषणा पत्र तयारी समिति– संयोजकलगायत समितिहरू गठन गरिएको छ ।

२. संगठन सुदृढीकरण एवं निर्वाचन तयारीकेन्द्रित राष्ट्रव्यापी अभियानअघि बढाउने सम्बन्धमा ।

३. सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४. विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५. केही नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६. १४ औँ महाधिवेशनपश्चात् निश्चित गर्ने गरी अधिवेशन क्रममा रोकिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन सम्बन्धमा ।

७. नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा ।

८. केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

९. बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ३१ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी