स्थानीय चुनावको तयारीका लागि काँग्रेसबाट समितिहरू गठन « Khabarhub

स्थानीय चुनावको तयारीका लागि काँग्रेसबाट समितिहरू गठन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले स्थानीय चुनावमा एकता र सम्पूर्ण सक्रियताका साथ केन्द्रित हुने जनाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ३० मा गर्ने सरकारको निर्णयको स्वागत गर्दै चुनावमा केन्द्रित हुने निर्णय गरेको हो ।

यसका लागि समितिहरू समेत गठन गरिएको छ ।

बिहीबारको बैठकमा छलफल भएका प्रस्तावहरूः

१. स्थानीय चुनाव तयारीसम्बन्धी प्रस्तावः स्थानीय निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय स्वागत गर्दै यो बैठक सम्पूर्ण एकता र सक्रियता साथ निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दछ । त्यस क्रममा निम्नानुसारका समितिहरू गठन गरिएको छ ।
– स्थानीय निर्वाचन मूल तयारी समिति– संयोजक
– घोषणा पत्र तयारी समिति– संयोजकलगायत समितिहरू गठन गरिएको छ ।

२. संगठन सुदृढीकरण एवं निर्वाचन तयारीकेन्द्रित राष्ट्रव्यापी अभियानअघि बढाउने सम्बन्धमा ।

३. सभापति पद रिक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था तथा अन्य भातृ एवं शुभेच्छुक संस्थालाई गतिशील तुल्याउने सम्बन्धमा ।

४. विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने सम्बन्धमा ।

५. केही नयाँ भ्रातृ एवं शुभेच्छक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा ।

६. १४ औँ महाधिवेशनपश्चात् निश्चित गर्ने गरी अधिवेशन क्रममा रोकिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन सम्बन्धमा ।

७. नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा ।

८. केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

९. बाँकी जिल्ला (क्षेत्र र पालिका समेतको) अधिवेशनको नयाँ मिति घोषणा गर्न केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्ने सम्बन्धमा ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ८ : ३१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले