एमसीसीको प्रगतिबारे बुझ्न शीर्ष नेतालाई अमेरिकी सहायक मन्त्रीको फोन « Khabarhub

एमसीसीको प्रगतिबारे बुझ्न शीर्ष नेतालाई अमेरिकी सहायक मन्त्रीको फोन


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई फोन गरेका छन् ।

बिहीबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी एससीसीका विषयमा भएको प्रगतिबारे बुझेका हुन् ।

लुले बेग्लाबेग्लै फोन गरेर एमसीसीको विषयमा चासो राखेका छन् । प्रधानमन्त्री देउवासँगको कुराकानीमा सहायकमन्त्री लुले लिखित प्रतिबद्धताअनुसार फेब्रुअरीभित्र सदनबाट एमसीसी पारित गर्न आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले आफूहरू एससीसी पारित गर्न प्रतिबद्ध रहेको र गठबन्धनका अरू नेतालाई पनि मनाउन प्रयास गरिरहेको बताए ।

त्यस्तै, ओली र प्रचण्डसँग पनि फोनमा लुले कुरा गरेका थिए । उनले दुवै नेतासँग एमसीसी पारित गरेर सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

एमाले परराष्ट्र मामिला प्रमुख राजन भट्टराईले अध्यक्ष ओली र लुबीच भएको संवादमा जतिसक्दो चाँडो एमसीसी पारित गराउन ओलीलाई आग्रह गरिएको जनाए ।

जवाफमा ओलीले दुई मुलुकबीचको सम्बन्धमा आँच नआउने बताएको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ११ : १४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले