गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण, ९५ प्रतिशत घर परिवार दलित | Khabarhub Khabarhub

गुल्मीको मदानेमा एकिकृत बस्ती हस्तान्तरण, ९५ प्रतिशत घर परिवार दलित


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीमा एकीकृत बस्ती हस्तान्तरण गरिएको छ । मदाने गाउँपालिकाले निर्माण गरेका १७ घर पूर्वमन्त्री तथा गुल्मी क्षेत्र न २ का सांसद गोकर्ण विष्टले हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने ९५ प्रतिशत घर परिवार दलित छन् ।

सालझण्डी–ढोरपाटन सडक र भूकम्पका कारण बस्ती पहिरोको जोखिममा परेपछि लामो समयदेखि समस्यामा परेका थिए । स्थानीय तह पहिलेदेखिकै समस्या भएपनि कसैले उनीहरुलाई व्यावस्थापनको पहल गरेनन् । सोहि गाउँका शालिक बहादुर कामीले ठूलो पानी परे घर छोडेर विद्यालय वा त्रिपाल टाँगेर बस्नुपर्ने बिगत सम्झिए ।

स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आफै जग्गा प्राप्त गरेर ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनले गाउँपालिकाका चार स्थानमा एकीकृत बस्ती निर्माणको काम भए पनि गाउँपालिकाले आफ्नै लगानीमा १७ घर निर्माण गरेको बताए । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन् ।

गाउँपालिकाले जग्गा खरिदसहित दुई कोठे घर, शौचालय, निशुल्क मिटरबक्स र धाराहरु निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले जानकारी दिइन् । सिर्सेनीकै काफलपाटा, सिम र खन्युखर्कमा पनि एकिकृत बस्ती निर्माणको काम भइरहेको छ । काफलपाटा, सिम र खन्युखर्कमा पुनर्निर्माण प्राधिकरणबाट एकीकृत बस्ती निर्माणको काम भएको खड्काले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाल भुसालले अब घरहरुको रेखदेख समुदाय आफैले गर्नुपर्ने बताए । उनले आफ्नो र सरकारले बनाएको दृष्टिकोण राखे बस्तीको संरक्षण नहुने भएकाले ख्याल गर्न स्थानीयलाई आग्रह गरे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ६ : ३० बजे

मौलिक फल्चामा प्रतीक्षालय (तस्बिरहरू)

काठमाडौँ – नेपालका सांस्कृतिक क्षेत्रहरूमा भेटिने एक दर्जनभन्दा बढी नेपाली

समयमा मनसुन सक्रिय नहुँदा रोपाइँ ढिलो सुरु

भैरहवा–  समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु

पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

गण्डकी– विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ

तीन सरकारी कम्पनीको मूल्यांकनका लागि अर्थ मन्त्रालयले माग्यो प्रस्ताव

काठमाडौं– अर्थ मन्त्रालयले लामो समयदेखि सञ्चालन हुन नसकेका सरकारी स्वामित्व

विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न

काठमाडौं– तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल