रुस-युक्रेन द्वन्द्व : ५६२ नेपाली सुरक्षित स्थानमा, मन्त्रीको भनाइमा एनआरएनएकै आपत्ति | Khabarhub Khabarhub

रुस-युक्रेन द्वन्द्व : ५६२ नेपाली सुरक्षित स्थानमा, मन्त्रीको भनाइमा एनआरएनएकै आपत्ति



दोहा – रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका छन् ।

द्वन्द्व प्रभावित नेपालीको गैर आवासीय नेपाली सङ्घ सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेका हुन् ।

हालसम्म पोल्यान्डमा ४४३, स्लोभाकिया ७८, रोमानियामा २४, हंगेरीमा १३ र माल्दावामा ४ जना पुगेका छन् । युक्रेन युद्धबाट विस्थापित भएका नेपालीहरू सुरक्षित बसोबासका लागि तेस्रो मुलुक पुगेका हुन् ।

ती मध्ये करिब ४ दर्जन नेपाली एनआरएनए पोर्चुगलको सम्पर्क रहेको सङ्घका महासचिव राजकुमार थापाले जनाकारी दिएका छन् । ती नेपालीहरूलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

युक्रेनको खारकिभ सहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रूपमा पोल्यान्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरञ्जीवी खड्काले बताए ।

यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र एनआरएनए उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा गठित एक उच्चस्तरीय समिति सक्रिय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरूको उद्धारको लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफै खटिएका थिए ।

युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहल गरिरहेको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रूपमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।

परराष्ट्र मन्त्री खड्काको भनाइ प्रति एनआरएनए पोल्यान्डको आपत्ति 

नेपालका परराष्ट्र मन्त्री नारायण खड्काले युक्रेनमा अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्यान्ड लगायतका देशमा सुरक्षित स्थानान्तरण गरेको भन्ने भनाई प्रति एनआरएनए पोल्यान्डले आपत्ति जनाएको छ ।

‘एनआरएनए पोल्यान्डले रुस र युक्रेनको युद्ध पछि युक्रेनमा अलपत्र नेपालीलाई उद्धार गर्न हर सम्भव प्रयास गरेको सबै प्रवासी नेपाली र आम समुदायलाई जानकारी नै छ । एनआरएनए पोल्यान्डले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई विशेष पहल गरी सुरक्षित रूपमा पोल्यान्ड ल्याएको, २९८ जना भन्दा धेरै नेपालीलाई पोल्यान्डमा खान, बस्न प्रबन्ध मिलाएको, युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको लगायत कामहरूको फेहरिस्त यसअघि नै सबैलाई जानकारी नै छ भने अहिले १०० जना भन्दा धेरै हाम्रो व्यवस्थापनमा अझै रही रहनु भएको छ, एनआरएनएद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र मन्त्री खड्काले पत्रकार सामु युक्रेनमा अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्यान्ड लगायत देशमा सुरक्षित स्थानान्तरण गरिएको भन्ने भनाई आफैमा प्रमाण-विहीन, हास्यास्पद र लज्जा बोधले भरिएको छ।’ एनआरएनएले भनेको छ ।

साथै, युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली संस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाइले सरकारी संयन्त्र नै नेपाली संस्था र एनआरएनएमाथि अविश्वास पैदा गर्न लागि परेको भान भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘एनआरएनए पोल्यान्डको अथक प्रयासलाई नजरअन्दाज र अविश्वास गरिएको यस्तो भनाइमा आपत्ति जनाउँदै आफ्नो स्रोत र साधनले भ्याएसम्म  मानवीय सहयोग जारी राख्ने प्रण व्यक्त गर्दछौ, एनआरएनएले भनेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ७ : १६ बजे

दशगज्जा क्षेत्रको सरसफाई

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका भुटानका