रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त « Khabarhub

रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको बाल अस्पतालमा बम हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत् भिडियो सार्वजनिक गर्दै रुसी फौजले मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी बम आक्रमण गरेको जनाएका हुन ।

उक्त बाल अस्पताललाई लक्षित गरी रुसी फौजले ‘धेरै पटक’ बम आक्रमण गरेको मारिउपोलको नगर परिषद्ले जनाएको छ । आक्रमणमा १७ जना घाइते भएको बताइएको छ ।

उक्त अस्पतालमा आक्रमण हुँदा विष्फोटको तरंग एक माइल टाढासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता रुसले भने यस्तो आक्रमण गरेको अस्वीकार गरेको छ ।

युक्रेनी पक्षले रुसको आक्रमणलाई ‘कुनै औचित्यबिनाको युद्ध अपराध’ को संज्ञा दिएको छ । ‘आज रुसले ठूलो अपराध गरेको छ ।’ आक्रमणले ध्वस्त भएको अस्पतालको भग्नावशेषमा रहेका स्थानीय प्रहरी अधिकारीले बताएका छन्, ‘यो कुनै औचित्य बिनाको युद्ध अपराध हो ।’

सामाजिक सञ्जालमा जारी गरिएका भिडियोमा उद्धारकर्ताहरू आक्रमणको चपेटामा परेको भवनको भग्नावशेषबाट गर्भवती महिला, रक्तस्राव भइरहेकी सुत्केरी र शिशुहरूलाई स्ट्रेचरमा हालेर बाहिर निकालिरहेको देख्न सकिन्छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : २६ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण