रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त « Khabarhub

रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको बाल अस्पतालमा बम हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत् भिडियो सार्वजनिक गर्दै रुसी फौजले मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी बम आक्रमण गरेको जनाएका हुन ।

उक्त बाल अस्पताललाई लक्षित गरी रुसी फौजले ‘धेरै पटक’ बम आक्रमण गरेको मारिउपोलको नगर परिषद्ले जनाएको छ । आक्रमणमा १७ जना घाइते भएको बताइएको छ ।

उक्त अस्पतालमा आक्रमण हुँदा विष्फोटको तरंग एक माइल टाढासम्म महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता रुसले भने यस्तो आक्रमण गरेको अस्वीकार गरेको छ ।

युक्रेनी पक्षले रुसको आक्रमणलाई ‘कुनै औचित्यबिनाको युद्ध अपराध’ को संज्ञा दिएको छ । ‘आज रुसले ठूलो अपराध गरेको छ ।’ आक्रमणले ध्वस्त भएको अस्पतालको भग्नावशेषमा रहेका स्थानीय प्रहरी अधिकारीले बताएका छन्, ‘यो कुनै औचित्य बिनाको युद्ध अपराध हो ।’

सामाजिक सञ्जालमा जारी गरिएका भिडियोमा उद्धारकर्ताहरू आक्रमणको चपेटामा परेको भवनको भग्नावशेषबाट गर्भवती महिला, रक्तस्राव भइरहेकी सुत्केरी र शिशुहरूलाई स्ट्रेचरमा हालेर बाहिर निकालिरहेको देख्न सकिन्छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : २६ बजे

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू