बाल अस्पतालमा रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपतिको प्रश्न – ‘के तपाईं मानव हो ?’ « Khabarhub

बाल अस्पतालमा रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपतिको प्रश्न – ‘के तपाईं मानव हो ?’


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले बाल अस्पतालमाथि आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै रुसले युद्ध अपराध गरेको आरोप लगाएका हुन् ।

रुसी भाषामा बोल्दै जेलेन्स्कीले भने ‘हामीले यस्तो युद्ध अपराध लुगान्स्क, डोनेत्स्क वा अरु कुनै क्षेत्रमा पनि गरेका छैनौँ… किनकी हामी मानव हौँ । तर के तपाईँहरु मानव हो ?’

‘प्रसुती गृह र अस्पतालहरुदेखि डराएर ध्वस्त पार्ने रुस कस्तो किसिमको देश हो ?’ उनले प्रश्न गरेका छन् । जेलेन्स्कीले यस ‘नरसंहार’ लाई रोक्न रुसविरुद्ध अझ कठोर नाकाबन्दी लगाउनुपर्ने समेत बताएका छन् ।

यता रुसले भने युक्रेनका ‘राष्ट्रवादी दस्ताहरु’ ले अस्पतालका कर्मचारीलाई बाहिर निकालेर त्यसलाई गोली हान्ने ठाउँमा परिणत गरेको आरोप लगाएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यस्तो आरोप लगाएकी हुन् ।

राष्ट्रपति जेलेन्स्कीले मारिउपोल शहरस्थित उक्त अस्पतालमा भएको आक्रमणमा १७ जना घाइते भएको र ध्वस्त भएको भवनको भग्नावशेषमा जीवितहरुको खोजीकार्य जारी रहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले पनि आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै सर्वसाधारणहरुले युद्धको ठूलो मूल्य चुकाउनु परेको भन्दै रक्तपात अन्त्य गर्न समेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : ५८ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक