बाल अस्पतालमा रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपतिको प्रश्न – ‘के तपाईं मानव हो ?’ « Khabarhub

बाल अस्पतालमा रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपतिको प्रश्न – ‘के तपाईं मानव हो ?’


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले बाल अस्पतालमाथि आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गर्दै रुसले युद्ध अपराध गरेको आरोप लगाएका हुन् ।

रुसी भाषामा बोल्दै जेलेन्स्कीले भने ‘हामीले यस्तो युद्ध अपराध लुगान्स्क, डोनेत्स्क वा अरु कुनै क्षेत्रमा पनि गरेका छैनौँ… किनकी हामी मानव हौँ । तर के तपाईँहरु मानव हो ?’

‘प्रसुती गृह र अस्पतालहरुदेखि डराएर ध्वस्त पार्ने रुस कस्तो किसिमको देश हो ?’ उनले प्रश्न गरेका छन् । जेलेन्स्कीले यस ‘नरसंहार’ लाई रोक्न रुसविरुद्ध अझ कठोर नाकाबन्दी लगाउनुपर्ने समेत बताएका छन् ।

यता रुसले भने युक्रेनका ‘राष्ट्रवादी दस्ताहरु’ ले अस्पतालका कर्मचारीलाई बाहिर निकालेर त्यसलाई गोली हान्ने ठाउँमा परिणत गरेको आरोप लगाएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यस्तो आरोप लगाएकी हुन् ।

राष्ट्रपति जेलेन्स्कीले मारिउपोल शहरस्थित उक्त अस्पतालमा भएको आक्रमणमा १७ जना घाइते भएको र ध्वस्त भएको भवनको भग्नावशेषमा जीवितहरुको खोजीकार्य जारी रहेको जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले पनि आक्रमणको निन्दा गरेका छन् । उनले ट्विट गर्दै सर्वसाधारणहरुले युद्धको ठूलो मूल्य चुकाउनु परेको भन्दै रक्तपात अन्त्य गर्न समेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १२ : ५८ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि