वसन्तपुरमा होलीको चीर ठड्याएसँगै फागु पर्व सुरु (भिडियोसहित) « Khabarhub

वसन्तपुरमा होलीको चीर ठड्याएसँगै फागु पर्व सुरु (भिडियोसहित)


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहिबारबाट विधिवत् रुपमा फागु अर्थात होली पर्व सुरु भएको छ।

वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। बिहिबार बिहान ७ः२७ बजेको साइतमा चीर ठड्याइएको हो।

 नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा नै चीर उठाइएको धाला सि क्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मान्धरले जानकारी दिए । भगवान् विष्णुका भक्त प्रल्हादका बुबा हिरण्यकशिपुले आफ्नै छोरालाई मार्न आफ्नी बहिनी होलिकालाई निर्देशन दिन्छन्। होलिकाले प्रल्हादलाई काखमा बसाली आगो लगाउँछिन्। आगोले नमर्ने बरदान पाएका प्रल्हाद जल्ने कुरै भएन होलीका आफैं जल्छिन्। यसरी होलिकाको मृत्यु भएको खुशीयालीमा होली मनाउन सुरु गरिएको कथन रहेको छ ।

चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपतिपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो। 

 

यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको बताइन्छ। अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : ४१ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक