वसन्तपुरमा होलीको चीर ठड्याएसँगै फागु पर्व सुरु (भिडियोसहित) « Khabarhub

वसन्तपुरमा होलीको चीर ठड्याएसँगै फागु पर्व सुरु (भिडियोसहित)


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहिबारबाट विधिवत् रुपमा फागु अर्थात होली पर्व सुरु भएको छ।

वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। बिहिबार बिहान ७ः२७ बजेको साइतमा चीर ठड्याइएको हो।

 नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा नै चीर उठाइएको धाला सि क्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मान्धरले जानकारी दिए । भगवान् विष्णुका भक्त प्रल्हादका बुबा हिरण्यकशिपुले आफ्नै छोरालाई मार्न आफ्नी बहिनी होलिकालाई निर्देशन दिन्छन्। होलिकाले प्रल्हादलाई काखमा बसाली आगो लगाउँछिन्। आगोले नमर्ने बरदान पाएका प्रल्हाद जल्ने कुरै भएन होलीका आफैं जल्छिन्। यसरी होलिकाको मृत्यु भएको खुशीयालीमा होली मनाउन सुरु गरिएको कथन रहेको छ ।

चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो। शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपतिपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो। 

 

यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको बताइन्छ। अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  १ : ४१ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि